काठमाडौं, १७ श्रावण २०८२

हिमानी शाहको नेतृत्वमा रहेको हिमानी कोषले सानेपामा आयोजित कार्यक्रममार्फत युवाहरूलाई स्वदेशमै उद्यमशीलता विकास गर्न प्रोत्साहित गरेको छ। कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह लगायत उनका परिवारका सदस्यहरू समेत उपस्थित थिए।

“स्वदेश फर्क, स्वदेशै स्वर्ग” भन्ने नाराका साथ आयोजना गरिएको यो कार्यक्रममा हिमानी कोषले इन्टरनेशनल क्लबसँग सहकार्यमा ब्रेन ड्रेन (विदेश पलायन) लाई कम गरी ब्रेन गेन (ज्ञान र प्रतिभा स्वदेशमै विकास) गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रममा सहभागीहरूले नेपाली युवाहरूलाई विदेश जानुभन्दा आफ्नो देशमै अवसर खोज्न र राष्ट्र निर्माणमा योगदान दिन प्रेरित गरियो। हिमानी कोषका प्रतिनिधिहरूले युवाहरूलाई उद्यमशीलताको लागि आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरूको उपस्थितिले यस कार्यक्रममा विशेष मान्यता थपेको थियो। उनीहरूले कुनै औपचारिक वक्तव्य नदिए पनि कार्यक्रमलाई सफल बनाउन आफ्नो समर्थन देखाएका थिए।हिमानी कोष विगतदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सक्रिय छ। ब्रेन ड्रेन टु ब्रेन गेन कार्यक्रम युवा केन्द्रित दीर्घकालीन परियोजना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *