काठमाडौं, नेपाल — त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा अध्यापनरत समाजशास्त्री प्राध्यापक निर्मला ढकालले विवाहित पुरुषहरूले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेमा ‘सिधै खसी बनाइदिनु (बन्ध्याकरण गर्नु) पर्ने धारणा सार्वजनिक गरेकी छन्। उनी भन्छिन्, विवाहित जीवनको सम्मान नगर्ने र आफ्नो घर बिगारी अरूको घर विगार्न खोज्ने पुरुषहरूलाई सजाय दिनुपर्ने समय आइसकेको छ।

ढकालको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। सरकारले बहुविवाहलाई ‘विशेष परिस्थिति’ मा कानुनी मान्यता दिने तयारी गरिरहेको संवेदनशील समयमै आएको यो टिप्पणीले थप बहस चर्किएको छ।

“अरूको घर भत्काउने महिलाले आफै जिम्मेवारी लिनुपर्छ”

प्राध्यापक ढकालले एक सामाजिक सञ्जाल पोस्टमा लेखेकी छन्:

“विवाहित पुरुष हो भन्ने थाहा हुँदा हुँदै सम्बन्ध गाँसेर बच्चा नै जन्माउने तयारी गरिसकेपछि फेरि कसैको श्रीमती भएर घरमा किन बस्न पर्यो? आन्विका गिरीले जस्तै ‘प्यार किया तो डरना क्या’ भन्दै आफैले जिम्मेवारी लिने हो, अरूको घर खोस्न जाने होइन।”

उनको यो भनाइले सामाजिक संरचना र पारिवारिक मूल्यमा महिलाको भूमिका र उत्तरदायित्वसम्बन्धी गहिरो प्रश्न उठाएको छ।

सरकारको बहुविवाह कानुन संशोधन प्रस्तावमाथि चर्को आलोचना

ढकालले यस्तो धारणा सरकारले बहुविवाहलाई विशेष परिस्थितिमा वैध ठहराउने प्रस्तावको विरोधस्वरूप सार्वजनिक गरेकी हुन्। यो प्रस्तावलाई लिएर महिला अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूले समेत विरोध जनाउँदै आएका छन्।

उनीहरूका अनुसार यस्तो कानुनी संशोधनले महिलाको हक र पहिल्यै सुरक्षित गरिएको पारिवारिक संरचनामाथि प्रतिकूल असर पार्नेछ। “यो कानुन फिर्ता लिनु सरकारको दायित्व हो,” उनीहरूले चेतावनी दिएका छन्।

सामाजिक प्रतिक्रिया र समर्थन

ढकालको भनाइप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले उनको कडा भाषा र प्रतिशोधपरक शैलीको आलोचना गरे पनि, अर्कोतर्फ महिलाको पीडा र सामाजिक न्यायको सन्दर्भमा यो आवाज ‘कठोर तर आवश्यक’ भएको तर्क पनि राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *