तनहुँ, साउन १८ गते, २०८२
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा आइतबार अपरान्ह गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा एक बालकसहित पाँचजना यात्रु घाइते भएका छन्।

ग २ ख १०७७ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खस्दा बसमा सवार यात्रुहरू घाइते भएका हुन्।
दुर्घटना अपरान्ह करिब ४ बजेको समयमा भएको हो।

वडाध्यक्ष दिनेश केसीका अनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो। प्रारम्भिक अनुमान अनुसार दुर्घटनाको कारण ब्रेक फेल वा चालकको लापरवाही हुनसक्ने देखिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।


घाइतेको विवरण

दुर्घटनामा परि घाइते भएका यात्रुहरू यसप्रकार छन्:

  1. सुनु थापा (४० वर्ष) – सहिद लखन गाउँपालिका–६
  2. सीता थापा (४३ वर्ष) – सहिद लखन गाउँपालिका–६, रानीस्वाँरा
  3. मीना थापा मगर (२८ वर्ष) – सहिद लखन गाउँपालिका–६
  4. सनबहादुर गुरुङ (५४ वर्ष) – गोरखा नगरपालिका–९
  5. खुशी राम रामदाम (८ वर्ष) – आँबुखैरेनी गाउँपालिका–१, गिरानचौर

घाइतेमध्ये दुई जनाको अवस्था मध्यम गम्भीर रहेको छ भने तीन जना साधारण चोटपटकमा परेका छन्।
सबै घाइतेको प्रारम्भिक उपचार स्थानीय स्वास्थ्य केन्द्रमा गरिएको र आवश्यक उपचारका लागि चितवन रेफर गर्ने तयारी भइरहेको छ।

दुर्घटना स्थल दुर्गम भएकाले उद्दारमा केही समय लागेपनि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सहकार्यमा घाइतेहरूलाई उद्धार गरिएको हो।स्थानीयवासीहरूले घटनास्थल नजिकको सडक खण्ड जोखिमपूर्ण र मोडहरू तेज भएका कारण पटकपटक दुर्घटनाको जोखिम हुने गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *